नागार्जुन नगरपालिका वडा नं ७

२ जेष्ठ २०८१, बुध

नागार्जुन नगरपालिका
नं वडा कार्यालय

परिचय

नागार्जुन नगरपालिका वडा नं ७ साबिकको रामकोट गा.वि.स मा रहेको वडा नं १,२,३ र स्युचाटार गा.वि.स मा रहेको वडा नं ७, ८, ९ मिलेर बनेको छ । यस वडाको पुर्वमा यसै नगरपालिकाको वडा नं ९ र १० पर्दछ भने दक्षिणमा चन्द्रागिरी नगरपालिकाको दहचोक भने प्रसिद्ध स्थान पर्दछ । त्यस्तै गरी पश्चिममा नागार्जन नगरपालिका वडा नं ८ भिमढुगां र उत्तरमा तर्पफ् भने नागार्जन नगरपालिका वडा नं ६ रामकोट पर्दछ । यस वडा संसदिय निर्वाचन क्षेत्र नं ९ मा पर्दछ भने प्रदेश सभा अन्तर्गत ९ (ख) मा पर्दछ । २०७५ माघ महिनाको घरधुरी संवेक्षणबाट प्राप्त तथ्यांक अनुसार यस वडाको कूल जनसंख्या ४९१९ रहेको छ । जसमध्ये पुरुष २४५६ (४९.०९% ) र महिला २४६३ (५०.०१%) रहेको पाईयो । यस वडाको औसत परिवार संख्या ४.६८ जना रहेको छ । यसमध्ये ११ घरधनी वा परिवारका सदस्यहरु वसोवास गरिएको पाइएन ।

महाभारत पर्वत श्रृखलामा अवस्थित यो भेगमा समशितोष्ण हावापानी पाईन्छ ।

सुहाउदो प्रकारको हावापानीले गर्दा बस्ती विस्तारको कामहरु यस क्षेत्रमा बढ्दै गईरहेको छ । आम नेपाली समुदायले अङ्गाल्दै आएको कृषि नै मुख्य पेशा रहेता पनि यस वडाका मानिसले यो पेशालाई विस्तारै छोड्दै गएको देखिन्छ । जुन स्थानमा कृषिकार्य गर्नेको जमात छ उनिहरुले समयानुकुल पफ्लपफ्लू, तरकारी, पोल्ट्री पफर्मिङ, पफ्लू खेती जस्ता व्यवसाय पनि बढ्दै गईरहेको छ । विकाशका पूर्वाधारहरु मध्ये सडक, खानेपानी, शिक्षा , स्वास्थ्य जस्ता क्षेत्रमा समयानुकुल कामहरु प्रगति पथमा नै अगाडी बढी रहेको हुंदा यस वडामा बस्ती बिस्तारको त्रफ्म बढ्दो रुपमा गएको छ । त्यसैले स्थानिय चुनाव पश्चात जनताको माग र विकेन्द्रिकरणको सिद्धान्त अनुरुप वडा सर्वाङ्गीण विकास तपफर्् उन्मुख बन्दै गएको छ ।

वडाका सम्पदाहरु

यस वडा अन्य वडाको तुलनामा ऐतिहासिक, धार्मिक, सांकृतिक साथै विविध जातजाति सहितको परिचयले परिपूर्ण भएको छ । हिन्दु र वौद्ध परम्परामा समान आस्था प्रदर्शन गर्ने यहाँका वासिन्दाहरु धार्मिक सहिष्णुतालाई मन पराउदै आएको देखिन्छ । धार्मिक आस्था सहित आ–आफ्नो चाडपर्व मनाउने, पूजा प्रथना गर्ने, धार्मिक कार्यहरु गर्ने जात्रा उत्सव, मेलाजस्ता सामाजिक रितिरिवाज स्वीकार्नु यहांका बासिन्दाहरुको विशेषता हुदै आएको छ ।
पृथ्वीनारायण शाहको गोरखा दरबार देखि काठमाण्डौं हनुमानढोका दरबारको दशै घरमा भित्राउने पफ्लूपाति हरेक साल भिमढुङ्गाको बाटो भई यसै वडा मापफर््त लैजाने गरिएको इतिहास आज पनि जिबितै छ । त्यसै पहाडी श्रृखंला तथा विभिन्न प्रकारको माटोले बनेको भू–बनोटमा अवस्थित यस वडामा समथल जमिन, भिरालो जमिन, डाँडा–काँडा लगायत प्रकृतिक सम्पदाको रुपमा बन जङ्गल समेत छ । धादिङ्ग जिल्लालाई काठमाण्डौं उपत्यकासगं जोड्ने प्रमुख नाकाको रुपमा परिचित भिमढुङ्गा सोहि स्थानसगं जोडिएको यस वडाको मार्ग धादिङ्ग जिल्लामा उत्पादित तरकारी, पफ्लपफ्लू, तथा दुग्ध सामाग्रीहरु काठमाण्डौं भित्रदै आएको छ ।

हाम्रो परिकल्पना र लक्ष्य

  • नेपालको संविधानले तय गरेको स्वायत्तता र स्वशासनको अधिकारलाई सहकारीता, सहअस्तित्व र समन्वयका साथ उपयोग गर्दै,
  • पूर्ण पारदर्शि भई जनसहभागिता र उत्तरदायित्वको सुनिश्चितता गरी संघिय लोकतान्त्रिक गणतन्त्रका लाभहरु स्थानिय स्तरमा समानुपातिक, समावेशी र न्योचित वितरण गर्नु,
  • दिगो विकासको अवधारणलाई आत्मासात गर्दै वडावासी सबैलाई संविधान र कानुुन बमोजिमका सुलभ र गुणस्तरिय सेवा प्रवाह गर्नु ।